सभासद राजेन्द्रबहादुर अमात्यको घरमा तोडफोड 

सभासद राजेन्द्रबहादुर अमात्यको घरमा तोडफोड 

  • मङ्लबार, अशोज ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाण्डौ, ६ भदौ ।

मधेसी मोर्चाका कार्यकर्ताले नेपाली कांग्रेसका सभासद राजेन्द्रबहादुर अमात्यको घरमा तोडफोड गरेका छन् ।

वीरगन्जको माइस्थानस्थित अमात्यको घरमा दिउँसो साढे १२ बजे प्रदर्शनकारीले तोडफोड गरेका हुन् । प्रदर्शनकारीले प्रहरीको गाडीमा पनि पेट्रोल बम प्रहार गरेका छन् ।

पेट्रोल बम प्रहारबाट प्रहरीहरु कृष्ण बहादुर नेपाली, राजु परियार र राजकिशोर यादव घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएको छ ।

वीरगन्जमा स्थानीय प्रशासनले २३ दिनदेखि लगाउदै आएको कर्फ्यु मंगलबार भने दिनभरका लागि हटाएको छ । बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले बिहान ६ बजेदेखि राति १० बजे सम्मका लागि कर्फ्यु हटाउने निर्णय गरेको हो ।

बिहान ६ बजेदेखि १६ घण्टाका लागि कर्फ्यु हटाइएको र राति १० बजे पछि भने फेरि कर्फ्यु जारी रहने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिनुभयो ।

कर्फ्यु हटाइएको भएपनि वीरगन्जमा घोषित दंगाग्रस्त क्षेत्र भने कायम नै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कर्फ्यु हटाइएको भएपनि मधेसी मोर्चाकोे प्रदर्शनका कारण वीरगन्ज बिहानैदेखि तनावपूर्ण बनेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ