किसान पार्टी द्वारा भारतलाई नेपालको बढि चिन्ता नलिन आग्रह

किसान पार्टी द्वारा भारतलाई नेपालको बढि चिन्ता नलिन आग्रह

  • मङ्लबार, अशोज ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

कञ्चनपुर,५ असोज ।

नेपाल किसान पार्टीले छिमेकी मुलुक भारतलाई नेपालको बढि चिन्ता नलिन आग्रह गरेको छ । सो पार्टीले मंगलबार एक विज्ञप्ती जारी गर्दै नेपालको बढि चिन्ता नलिन आग्रह गरेको हो ।

पार्टीका केन्द्रीय अध्यक्ष शिरोमणी कुमार ओझाद्धारा हस्ताक्षरिते विज्ञप्तीमा नेहेरु सरकार देखि मोदी सरकारसम्म भारतले नेपाललाई प्रत्यक्ष वा अप्रत्यक्ष ढङ्गले आन्तरिक मामिलामा अविरल हस्तक्षेप एवं कालापानी सुस्ता, लिपुलेक लगायतका सयौं ठाउँमा सिमा अतिक्रमण गरेको छ । ‘भारतिय विदेश मन्त्रालय एवं प्रधानमन्त्रीका विशेष द्वत, राजदुतले निकालेको विज्ञप्ती एवं संविधानको स्वागत भारतले नगरे के अर्थ भन्ने कडा भनाईको किसान पार्टी आलोचना गर्दछौं ’, विज्ञप्तीमा भनिएको छ ।

भारतले सिमा क्षेत्रको चिन्ता गरी सहमतीमा संविधान ल्याउ भन्नु साकारात्मक भएको तर हामीले स्वागत गरेनौं भने नेपालको संविधानको के अर्थ भन्नु नेपालको राष्ट्रीयता माथी नाङ्गो हस्तक्षेप भएको किसान पार्टीको ठहर छ ।

यस्तै पार्टीले क्रान्तिकारी भूमिसुधार उचित मूल्यको बजारीकरण, कृषि सामग्री, मलखाद विउविजन बाली औषधोपचार, कृषि प्रशिक्षण, कालाबजारीको अन्त्य एवं भूमिहिन किसानहरुलाई भूमिमाथीको स्वामित्व प्रदान गरी बाढी पिडित, आरक्षपिडित, सुकुम्बासी, हलिया, कमलरी, लोपोन्मुख सिमान्तकृत समुदायलाई अझै संविधान संसोधन गरी संविधानको मूलधारमा ल्याउनु पर्ने एवं शिक्षा, रोजगार, स्वास्थ्य, समावेशी राजनितिक सामाजिक प्रतिनिधित्वमा जोड दिदै लोक कल्याणकारी राज्यका गुणहरु कार्यान्वयन गरी सुशासनको महसुसीकरण गर्न समेत माग गरेको छ ।

यस्तै पार्टीले सिमाङ्कनको विषयलाई लिएर मधेशी, आदीवासी जनजाती थारु समुहदाय लगायत राष्ट्रभरि असन्तोषका भवना भई रहेका आन्दोलनमा राज्यका तर्फबाट कम्मर भन्दा माथी गोली प्रहार गरी दर्जनौ नागरिकको मृत्यु हुनुलाई तानाशाही प्रवृति भनेको भनेकोे छ ।

पार्टीले तत्काल सेना फिर्ता गरी दंगाग्रस्त क्षेत्र र निषेधित करफ्यू क्षेत्रको नाममा भइरहेको दमन अन्त्य गरी वार्ताको वातावरण तय गर्न समेत सरकारसंग माग गरेको छ । आन्दोलनमा मुत्यु भएका परिवारहरुलाई क्षतिपूर्ति प्रदान गरी शहिद घोषणा एवं घाइतेहरुको उपचार गर्न समेत पार्टीका माग छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी