अब देशको आर्थिक र सामाजिक रुपान्तरण राजनीतिक दलको एजेन्डा बन्नुपर्छ : नेता पोखरेल

अब देशको आर्थिक र सामाजिक रुपान्तरण राजनीतिक दलको एजेन्डा बन्नुपर्छ : नेता पोखरेल

  • मङ्लबार, अशोज ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं, ५ असोज ।  

नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोखरेलले नयाँ संविधान घोषणासँगै मुलुक नयाँ युगमा प्रवेश गरेको बताउनु भएको छ ।

कास्की क्षेत्र नं ३ का एमाले सभासद् रवीन्द्र अधिकारीले संविधान घोषणा भएको उपलक्ष्यमा आज पोखराको सभागृहमा आयोजना गर्नुभएको चियापान कार्यक्रम सम्बोधन गर्दै नेता पोखरेलले अब देशको आर्थिक र सामाजिक रुपान्तरण राजनीतिक दलको एजेन्डा बन्नुपर्नेमा जोड दिनुभयो ।

उहाले अधिकारको लडाइँ धेरै समय लडेकाले अब देशको समृद्धितर्पm लाग्न सबैसँग आग्रह समेत गर्नु भएको छ । असहमतिका बुँदालाई वार्ता र छलफलबाटै समाधान खोज्न सकिने धारणा राख्दै उहाँले अब नेपाली जनता सार्वभौमसत्ता सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो ।

मधेसी समुदायले विगतको तुलनामा हक र अधिकार बढी नै पाएको उल्लेख गर्दै नेता पोखरेलले अब समस्याको समाधान संविधानभित्रबाटै खोज्नुपर्ने धारणा राख्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी