संविधान घोषणाको विरुद्ध कसैले नाकाबन्दी र ताल्चा लगाउन सक्दैन : नेता शर्मा

संविधान घोषणाको विरुद्ध कसैले नाकाबन्दी र ताल्चा लगाउन सक्दैन : नेता शर्मा

  • मङ्लबार, अशोज ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौ, ५ असोज । 

एकीकृत नेकपा माओवादीका नेता एवम् सभासद् जनार्दन शर्माले नेपाली जनताको भावना र हितको पक्षमा नयाँ संविधान घोषणा भएकाले यसको विरुद्धमा कसैले पनि देशमा नाकाबन्दी र ताल्चा लगाउन नसक्ने बताउनु भएको छ ।

क्रान्तिकारी पत्रकार संघ कास्कीले आज बिहान पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाले सो कुरा बताउनु भएको हो ।

दलहरुले देशको हितविरुद्ध र मानवअधिकार हनन हुने खालका काम नगरेको भन्दै नेता शर्माले नेपाली जनताले स्वतन्त्रपूर्वक गरेको निर्णयमा कुनै पनि बाह्य शक्तिको हस्तक्षेप स्वीकार्य नहुने धारणा राख्नुभयो ।

नयाँ संविधानमा उल्लेख भएका धाराको व्याख्याले असन्तुष्ट मधेसी र जनजाति पनि समझदारीमा आउन सक्ने विश्वास व्यक्त गर्नु हुदै उहाँले आन्दोलनरत पक्षलाई वार्तामा बसेर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।
नेता शर्माले पछिल्ला समय नेपाली युवामा राष्ट्रवादी भावना बढ्दै गएकोमा खुसी व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी