प्रहरीको गोली प्रहारबाट अर्को प्रहरीको मृत्यु

प्रहरीको गोली प्रहारबाट अर्को प्रहरीको मृत्यु

  • मङ्लबार, अशोज ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ, ५ असोज ।  

सिन्धुपाल्चोकको ठोकर्पा स्थित प्रहरी चौकीमा प्रहरीले चलाएको गोली लागेर अर्का एक प्रहरी जवानको मृत्यु भएको छ ।

गएराति करिब १० बजेतिर जिल्लाकै सुनखानी निवासी प्रहरी जवान अशोक बरालले चलाएको गोली लागेर पाल्चोक निवासी प्रहरी जवान रेशमबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।

पेटमा गोली लागी घाइते भएका थापाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो । थापाको शवपरीक्षणका लागि जिल्ला सदरमुकाम चौतारामा हिजै राति लगिएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने बराललाई प्रहरीले नियन्त्रणमा लिएको अधिकारीले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी