काठमाडौँ, ५ असोज । दक्षिण एसियाली उद्यमी महिलाको सम्मेलन आजबाट सुरु हुदैछ ।
फेडेरेसन अफ बिजनेस एन्ड प्रोफेसनल ओमेन नेपाल (बिपिडब्लु) र गरिबी निवारण कोषको संयुक्त आयोजनामा हुने सम्मेलन तीन दिनसम्म चल्नेछ ।
सम्मेलमा नेपालका २० तथा पाकिस्तान, बङ्गलादेश, भुटान, श्रीलङ्का र भारतका २० महिलाको सहभागिता रहने बिपिडब्लुका अध्यक्ष अम्बिका श्रेष्ठले जानकारी दिनुभयो ।
सम्मेलनमा उद्यमी महिलाको सफलता, चुनौती, सम्भावना, दक्षिण एसियाली मुलुकले उद्यमी महिलाको सफलताका लागि गरेको प्रयासका बारेमा छलफल गरिनुका साथै अनुभव समेत साटासाट गरिने बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline