छिमेकीले जे भन्यो त्यही मान्नु पर्छ भन्ने छैनः प्रचण्ड

छिमेकीले जे भन्यो त्यही मान्नु पर्छ भन्ने छैनः प्रचण्ड

  • सोमवार, अशोज ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं, ४ असोज ।

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा, गणतन्त्र र संविधानसभाको प्रक्रियाबाट असन्तुष्ट पक्षबाट चुनौतीहरु आउन सक्ने भन्दै संविधानको कार्यान्वयनका लागि राष्ट्रिय शक्तिहरुबीच एकता आवश्यक भएको बताउनु भएको छ ।

आमसभामा अध्यक्ष दाहालले मधेसी, थारु र जनजातिका जायज मागका लागि लागिरहने प्रतिबद्धता जनाउँदै वार्ताका लागि आह्वान गर्नुभयो ।

अध्यक्ष दाहालले हाम्रो स्वतन्त्रतालाई सम्मान गर्नेहरुले मात्रै आफ्नो स्वतन्त्रता सुदृढ गर्न सक्छन् भन्दै भारत र चीनले नेपालको स्वतन्त्रता र स्वाभिमानको सम्मान गर्ने बताउनु भयो ।

उहाले आफूहरु छिमेकीको मित्र हुन चाहेको भन्दै जे भन्यो त्यो मान्ने छिमेकी बन्न नचाहेको स्पस्ट पनि स्पष्ट पार्नु भयो ।

अध्यक्ष दाहालले राजा महाराजाले बनाएको आयोगमार्फत् संविधान जारी गर्ने युगको अन्त्य भइ जनताले संविधान बनाउने येगको सुरुआत भएको पनि समेत तर्क गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी