काठमाडौं, ४ असोज ।
३३ दलीय गठबन्धनसहित विभिन्न चार शक्तिले आज राजधानीमा नेपालको संविधान जलाएका छन ।
संविधानको विरोधमा ३३ दलीय मोर्चासहित विभिन्न चार शक्तिले आज विरोध प्रदर्शन गर्दै काठमाडौंमा बृहत र्याली निकालेका थिए ।
संघिय समाजवादी फोरम नेपालको संघिय गठबन्धन, नेकपा माओवादी सहित ३३ दलीय मोर्चा, संयुक्त मधेशी नागरिक अभियान, राष्ट्रिय दलीत मुक्ति आन्दोलनले सयुक्त रुपमा कालो पट्टी र कालो झण्डा सहित बृहत प्रदर्शन गरिएको संघिय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनु भयो ।
अपराह्न ३ बजे सुन्धारा सहित राजधानिको विभिन्न स्थानबाट निकालीएको सयुक्त र्याली भोटाहिटीमा पुगेर कोणसभामा परिणत भएको थियो ।
उक्त कार्यक्रममा सहभागि कार्यकर्ताहरुले नेपालको संविधान जनघाती र जनविरोधी भएको भन्दै जलाएका हुन । उनिशरुले यो संविधानले नेपालीको हित नगर्ने समेत दाबी गरेका छन प्रमुख ३ दलले हिजो भव्य समारोहकाबीच नेपालको संविधान २०७२ घोषणा गरेका थिए ।
कार्यक्रममा कार्यकर्ताहरुले ढुंगामुढा गरेपछि केहिबेर स्थिती तनावग्रस्त बनेको थियो । स्थितीलाई नियन्त्रण लिन खोज्दा कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको हाम्रा सहकर्मी बुद्ध शरण शाहीले जानकारी दिनुभयो ।
