थ्री स्टार र पुलिस बराबरीमा रोकिए

थ्री स्टार र पुलिस बराबरीमा रोकिए

  • सोमवार, अशोज ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौँ, ४ असोज । राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा थ्रीस्टार क्लबले नेपाल प्रहरी क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घस्थित (एन्फा) कम्प्लेक्स मैदानमा भएको सो प्रतियोगितामा थ्रीस्टार र प्रहरीले २­२ गोलको बराबरीमा खेलेपछि दुबै टोलीले अङ्क बाँडेका हुन् ।

प्रतियोगितामा थ्रीस्टारले खेलको पहिलो हाफको ३७ औँ मिनेटमा पहिलो अ्रग्रता लियो । थ्रीस्टारको खेलाडी सागर थापाले गोल गर्दै थ्रीस्टारलाई पहिलो अग्रता दिलाएका थिए ।

त्यस्तै थापाले गोल गरेको दुई मिनेट पनि बित्न नपाउँदै प्रहरीका खेलाडी जुमानु राईले एक गोल गर्दै खेललाई एक–एक गोलको बराबरी ल्याए । राईले खेलको ४०औँ मिनेटमा गोल गरेका थिए ।

खेलको पहिलो हाफसम्म एक–एक गोलको बराबरीमा टुङ्गिएको खेलमा दोस्रो हाफमा दुबै टोलीले पुन एक–एक गोल गरे । खेलको ६९औँ मिनेटमा थ्रीस्टारका खेलाडी सन्तोष साउखलले एक गोल थपे तर त्यो लामो समयसम्म भने टिक्न सकेन ।

प्रहरीका खेलाडी योगेश श्रेष्ठले खेलको ८३औँ मिनेटमा एक गोल थपेपछि थ्रीस्टारको लिगको शीर्ष स्थानमा उक्लने सपना चक्नाचुर हुन पुग्यो ।

त्यस्तै थ्रीस्टारका खेलाडी सन्तोष साउखलले आजको गोलसँगै नयाँ कीर्तिमान कायम गरेका छन् । उनले लिगमा व्यक्तिगत ९७ गोल गर्दै नयाँ रेकर्ड कायम गरेका हुन् । यस खेलसँगै थ्रीस्टारले १६ अङ्कका साथ लिगको तेस्रो स्थानमा छ । प्रहरीको भने नौ अङ्क छ ।

जारी प्रतियोगितामा नेपाल आर्मी १७ अङ्कका साथ लिगको पहिलो स्थानमा छ भने समान १७ अङ्क नै जोडेको मोफसलको झापा फुटबल क्लब दोस्रो स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी