तराईमा भएको आन्दोलनमा भारतको सहयोग छः विजुक्छे

तराईमा भएको आन्दोलनमा भारतको सहयोग छः विजुक्छे

  • सोमवार, अशोज ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

भक्तपुर असोज ३ ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले संविधान जारीसँगै जटिलताहरुको सामना गर्न अझै २\४ वर्ष लाग्ने बताउनु भएको छ ।

कमल विनायकस्थित आफ्नो निवासमा नेपालको संविधान २०७२ जारी पश्चात सम्भावित जटिलताका विषयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै विजुक्छेंले संविधान जारी अघि नै राजनीतिक दलहरुले देशमा संघियताको विषय बुझाउन नसकेकाले यसको कार्यान्वयनमा झन्डै २\४ वर्ष लाग्ने बताउनु भयो ।

उहाँले दुई छिमेकी मध्ये उत्तरले संविधान जारीलाई सकारात्मक रुपमा लिएता पनि दक्षिणले आफ्नो हितानुकुल पाउन नसक्दा मौन रहेको बताउनु भयो ।

विगत देखिनै दक्षिणको प्रभावमा झेलिएका शिर्ष नेताहरुले संविधान जारी अघि खेलेको भूमिकाकै कारण देशले संविधान पाएको भन्दै अध्यक्ष विजुक्छेंले भन्नु भयो कानुनी राज्यको सुरुवात र राजनीतिक संक्रमणको अन्त्य भए तापनि कार्यान्वयनमा धेरै जटिलताको सामना गर्नु पर्र्ने छ ।

तराई क्षेत्रमा भएको आन्दोलनलाई भारतको सहयोग रहेको र भारतिय दवाबको शिर्ष नेताहरुले सामना गर्नु परेको भन्दै उहाँले नेताहरुले आफ्नो विबेकलाई फराकिलो पारेका र अवका दिनमा काम गर्न नसके देशले विभिन्न खालका अवस्था भोग्नु पर्ने छ ।

उहाँले नेपाली नागरिक माझ संविधान जारीसँगै विभिन्न खालका समस्या समाधान हुने र विकास निर्माण र रोजगारीको अवस्था श्रृजना हुने खालका भनाईहरुमा सत्यता नभएको भन्दै यो संविधानले पनि काम गर्ने वर्गलाई समेट्न नसकेको बताउनु भयो ।

अध्यक्ष विजुक्छेंले संविधानमा देश र नेपालीका हितका विषय समेट्न नसकिएको बताउनु भएको हो । उहाँले राम्रा र देशको हितका विषय समेत हुन्छ र हुन्नमै सिमित बनेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी