असोज ४ ताप्लेजुङ ।
नेपालको संविधान २०७२ जारी भएपछि दिपावली र विजयजुलुस मनाउनुपर्नेमापूर्वी नेपालको ताप्लेजुङको फुङलिङ बजारमाविरोध प्रर्दशन सहितकोण सभा गरिएको छ ।
संविधानको विरोधमाउत्रिएका संयुक्त संघर्ष समिति र नेकपा—माओवादी।लिम्बुवानजन्यविभिन्नजतीय संघसंस्थातथा सामाजिक संघसंस्थाले आजबजारको कभर्ड हलबाट ¥याली शुरु गरेर बजारको विभिन्न स्थानमा परिक्रमा गरी तोक्मे डाँडामा पुगेर न्यूरोडहुँदै वीरेन्द्र चौकमापुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधनगर्दै राष्टिय जनमूक्ति पार्टी केन्द्रीय सदस्यप्रकाश येङदेनले तीनओटा दलले नेपालको दुई तिहाई जनसंख्यालाई बाहिर राखेर जारी गरेको संविधानमान्नुपर्ने बाध्यतानभएको बताए । किरातयाक्थुङ चुम्लुङ जिल्ला सचिबकुमार साम्यूले अबको यो संविधानले देशमा गृहयुद्ध निम्त्याउने बताए ।
संघीय लिम्बुवान पार्टी नेपाल केन्द्रीयउपाध्यक्षएवं प्रमुखबक्ताइन्द्र श्रेष्ठले लिम्बुवानको पानीखाएर, लिम्बुवानकै विरोध गर्ने नेपालीकाँग्रेस, नेकपाएमाले र एकीकृत माओवादीकालिम्बुवानवासी नेतातथाकार्यकर्ता तर्फ संकेत गर्दै सिधाभाषाप्रयोग गरेकाथिए । उनले भने “लिम्बुवानको पानीखाएर, लिम्बुवानमा नै बसेर लिम्बुवानको विरोध गर्नेको अनुहार थुक्छु ।” अबपहिचान र आदिवासीजनजाती र नेपालीजनतालाई अधिकार नदिइएको हुनाले हिजो भर्खरै तीनदलले जारी गरको संविधानमान्नु पर्ने बाध्यतानभएको बताए ।
विरोध सभालाई संघीय समाजवादीफोरमकाजिल्लाउपाध्यक्षगोपालकंलिबा, नेकपा—माओवादीजिल्ला संयोजक सुरज ओझा, राष्टिय जनमूक्ति पार्टी केन्द्रीय सदस्यप्रकाश येङदेन, किरातयाक्थुङ चुम्लुङ जिल्ला सचिबकुमार साम्यू लगायतकालिम्बुवान संयुक्त संघर्ष समितिका नेताहरुले सम्बोधन गरेकाथिए ।
विरोधकाबीच विजय जुलुस
नेपालको संविधान २०७२ को विरोध प्रर्दशनको तयारी हुँदै गर्दा फुङलिङ बजारमा नेपालीकाँग्रेस, नेकपाएमाले र एकिकृत नेकपामाओवादीकाकार्यकर्ताहरुले विजयजुलुस निकालेकाथिए ।
दिउँसो १ बजेपछि विजयजुलुस निकाल्ने तीनदलकाजिल्ला नेतातथा स्थानीयप्रशासनलाई कार्यक्रम सकाउनविरोध प्रर्दशनगर्ने राजनीतिकशक्तिले आग्रह गरेकाथिए । सोहीअनुसार १ बजेपछि सुरक्षाकर्मीले वीरेन्द्र चौकबाट सुरक्षाकाकारण भन्दै विजय सभागर्नेलाई हटाएको थियो ।
जुलुसमातीनपार्टीकाकार्यकर्ताहरु बाहेक अन्य समुदाय र सर्वसाधरणको उपस्थिति देखिएन ।

