अछामको सान्तडामा ओखर टिप्ने क्रममा आज रुखबाट खसेर एक बालकको मृत्यु

अछामको सान्तडामा ओखर टिप्ने क्रममा आज रुखबाट खसेर एक बालकको मृत्यु

  • सोमवार, अशोज ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

४ असोज, अछाम
अछामको सान्तडा गावीसमा ओखर टिप्ने क्रममा रुखबाट खसेर एक बालकको मृत्यु भएको छ । गावीसको वडा नम्वर ५ का १४ बर्षीय गोपी साउदको आज दिउसो घरबाट टाढा गावसकै वडा नम्वर ९ मा रहेको घुरदेउ सामुदायीक बनको चौपारी बनमा ओखर टिप्दै गर्दा रुखबाट खसेर मृत्यु भएको हो । नेपालको संबिधान २०७१ घोषणा भएको उपलक्ष्यमा सरकारले हिजो र आज बिदा दिएपछी आज बिदाको दिन साउद संगै अरु ५ देखी ६ जना बाल बालीकाहरु ओखर खान र टिप्न गएका थिए । मृतक बालक सरीता मावी मेलरुखमा कक्षा ७ मा अध्ययनरथ बिद्यार्थी हुन । रुखबाट एक्कासी खसेका बालकको घटनास्थलमा नै मृत्यु भएको मृतका आफन्त कृपाराम पौडेलले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ