काठमाडौं, ४ असोज ।
प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रसंघको महासभामा भाग लिएर फर्कनासाथ राजीनामा दिने बताउनु भएको छ ।
बालुवाटारमा आज बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा प्रधानमन्त्री कोइरालाले यस्तो बताउनु भएको हो ।
संविधान बनेलगतै आफूले राजीनामा दिने भनेको तर, प्रमुख दलका नेताहरुले राष्ट्र संघको महासभामा गएर नेपालमा संविधान बनेको जानकारी गराउन आग्रह गरेको उहालको भनाई छ ।
कोइरालाले राष्ट्रसंघीय महासभामा भाग लिएर आएलगतै नयाँ सरकार गठन हुने समेत स्पष्ट पार्नुभयो ।
यस्तै बैठकले नयाँ संविधान अनुसार नेपाली कांग्रेसकोे १३ औं महाधिवेशन अबको ६ महिनाभित्र महाधिवेशन गर्ने भनेर आयोगलाई जानकारी गराउने भएको हो ।
नयाँ संविधान अनुसार विशेष पस्थितिमा पाँच वर्ष्भित्र महाधिवेशन गर्न नसके अर्को ६ महिनाभित्र गर्न सकिने व्यवस्था छ । संविधान निर्माण ध्यान केन्द्रीत गर्दा कांग्रेसले मंगलबारसम्म १३ औं महाधिवेशन गरिसक्नु पर्ने भए पनि गरेको छैन ।