काठमाडौं,४ असोज ।
विराटनगरको महावीर चोकमा प्रहरीले चलाएको गोली लागी तीन जना घाइते भएका छन ्। घाइते हुनेहरूमा विराटनगर ७ की ३० बर्षीय पिंकी केसरी,सोही स्थानका अजय सहनी र विशाल केसरी रहेका छन्।
प्रहरीले प्रदर्शनलाई नियन्त्रण गर्नेक्रममा गोलि चलाउदा घरको छतमा बसिरहेका तीन जनालाई गोली लागेको बताइएको छ । घाइतेहरूको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
संघीय समाजवादी फोरम मोरङका अध्यक्ष राजकुमार यादवले प्रहरीसँगको झडपमा आफ्ना एक दर्जन कार्यकर्ता घाइते भएका बताए ।
नयाँ संविधानको विरोध गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीसँग प्रहरीको झडप हुँदा मोरङ सदरमुकाम विराटनगर तनावग्रस्त भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline