ओयामा रनिङ फुटसल कपको उपाधि हाइजिमालाई

ओयामा रनिङ फुटसल कपको उपाधि हाइजिमालाई

  • सोमवार, अशोज ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौ ४ असोज । 

ओयामा रनिङ फुटसल कप २०१५ को उपाधि हाइजिमा युथ क्लबले हात पारेको छ ।

जापानको तोचिकेनमा हिजो सम्पन्न खेलमा टोकियो ब्रदर्श क्लब (नेवारी किचेन) लाई २-० गोल अन्तरले पराजित गर्दै हाइजिमा उपाधि हात पार्न सफल भएको हो ।

हाइजिमाका लागि राजु श्रेष्ठ र धिरज श्रेष्ठले एक एक गोल गरेका थिए । दुवै गोल खेलको दोस्रो हाफमा सम्भव भएको थियो । टोकियो ब्रदर्शका तर्फबाट कुनै गोल हुन सकेन ।

प्रतियोगिताको विजेता टोलीले नगद दुई लाख ५० हजार जापानी येन र ट्रफी पाएको छ भने उपविजेता टोलीले नगद एक लाख येन तथा ट्रफी जितेको छ ।

नेवारी किचेनको आयोजनामा भएको प्रतियोगितामा जापानका विभिन्न स्थानका कुल २० टोलीको सहभागीता रहेको थियो ।

प्रतियोगितामा हाइजिमाका निरन्जय थोकर बेष्ट किप्पर घोषित भए । उनले नगद ३० हजार जापानी येन हात पारेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी