कालो पट्टी र कालो झण्डासहित चार शक्तिले विरोध प्रदर्शन गर्नेे

कालो पट्टी र कालो झण्डासहित चार शक्तिले विरोध प्रदर्शन गर्नेे

  • सोमवार, अशोज ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, ४ असोज ।

संविधानको विरोधमा ३३ दलीय मोर्चासहित विभिन्न चार शक्तिले आज विरोध प्रदर्शन स्वरुप र्याली निकाल्ने भएका छन ।

संघिय समाजवादी फोरम नेपालको संघिय गठबन्धन, नेकपा माओवादी सहित ३३ दलीय मोर्चा, संयुक्त मधेशी नागरिक अभियान, राष्ट्रिय दलीत मुक्ति आन्दोलनले सयुक्त रुपमा कालो पट्टी र कालो झण्डा सहित बृहत प्रदर्शन गर्ने संघिय समाजवादी फोरम नेपालको संघिय नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनु भयो ।

अपराह्न ३ बजे सुन्धारा सहित राजधानिको विभिन्न स्थानबाट सयुक्त रुपमा र्याली निकालीने सहअध्यक्ष श्रेष्ठको भनाई छ । प्रमुख ३ दलले हिजो भव्य समारोहकाबीच नेपालको संविधान २०७२ घोषणा गरेका थिए ।

उक्त संविधान जन विरोधी रहेको भन्दै विप्लव नेतृत्वको नेकपा माओवादीले समेत सडकबाटै जनसंविधान घोषणा गरेको थियो भने, बैद्य माओवादी सहितको ३३ दलीय गठबन्धन, मधेशवादी दल र थारुवान थरुहट संयुक्त संर्घष समितिले पनि लामो समयदेखि आन्दोलन गर्दै आएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ