काठमाडौ ४ असोज ।
कैलालीको लम्कीमा आज बिहान अज्ञात समुहले बम विष्फोट गराएको छ । बस्ति भन्दा अन्दाजी ३ सय मिटर पर भएको सिलिण्डर बम बिस्फोटबाट कुनै मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
लम्कीचुहा नगरपालिका वडानम्बर २ थकालीपुरको ‘बी लाइन’मा भएको विष्फोटका कारण स्थानीय त्रसित भएका छन् ।
विहान करिब साढे चार बजेतिर ठूलो आवाजका साथ बम विष्फोट भएको स्थानीयलाई उधृत गर्दै लम्की प्रहरीले जनाएको छ ।
बम कसले र किन विष्फोट गरायो भन्नेबारे खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline