काठमाडौ ४ असोज ।
गृहमन्त्रालयले संविधान घोषणा भएसँगै असन्तुष्ट समुहले गर्न सक्ने गतिविधिलाई निगरानीमा राख्न तीनवटै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
संविधान घोषणासँगै विभिन्न असन्तुष्ट समुह र राजनीतिक दलले गर्न सक्ने सम्भावित गतिविधिलाई उच्च निगरानीमा राख्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिनुभयो ।
केही दिन अघि मन्त्रिपरिषदको बैठकले लागु गरेको एकिकृत सुरक्षा रणनिति अन्तरगत तराई लगायत मुलुकका विभिन्न स्थानमा सुरक्षा निकायलाई परिचालन गरिएको प्रवक्ता ढकालले बताउनु भयो ।
यस्तै काठमाडौ उपत्यकामा पनि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने आवश्यक परेमा सांसदहरुको सुरक्षाका लागि प्रहरी खटाइने गृह मन्त्रालयले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline