आज अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइदै

आज अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइदै

  • सोमवार, अशोज ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ ४ असोज ।  

आज अन्तर्राष्ट्रिय शान्ति दिवस । शान्तिका लागि सहकार्यः सबैका लागि सम्मान भन्ने नाराका साथ विश्वभर विविध कार्यक्रमको आयोजना गरि मनाइदैछ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा प्रतयेक वर्ष सेप्टेम्बर २१ तारिखमा यो दिवस मनाउने गरिन्छ । नेपालले वि. सं. २०६५ सालदेखि यो दिवस मनाउन थालेको हो ।

राष्ट्रसंघको ५६ औँ वार्षिक साधारण सभाले विश्वव्यापी रुपमा हिंसा र युद्धको समाप्तिको दिनको रुपमा आजको दिनलाई अन्तर्राष्ट्रिय शान्ति दिवसको रुपमा मनाउने घोषणा गरेको हो ।

हिजो संविधानसभाबाट शान्तिपूर्ण तरिकाले नेपालको संविधान २०७२ जारी भएकाले शान्ति दिवसलाई अझ महत्वका साथ हेरिएको छ ।

दिवसका अवसरमा प्रधानमन्त्री सुशील कोइरालाले लोकतान्त्रिक शासन पद्धति, दिगो शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको छ ।

उहाँले एक दशक लामो सशस्त्र द्वन्द्वलाई शान्तिमा रुपान्तण गरी शान्ति सम्झौताले निर्देश गरेबमोजिम संविधानसभाबाट संविधान जारी गर्न सकेकोमा खुशी व्यक्त गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ