काठमाडौ ४ असोज ।
इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत गएराती सम्पन्न खेलमा म्यान्चेस्टर युनाईटेडद्धारा साउथ ह्याम्पटन ३-२ ले पराजित भएको छ ।
घरेलु मैदानमा भएको खेलमा साउथ ह्याम्पटनले पहिलो गोल गरे पनि अग्रतालाई जोगाउन नसक्दा ३÷२ पराजय भोग्नु परेको हो ।
प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न अर्को खेलमा लिभरपुललाई नर्वीच सिटीले १-१ को बराबरीमा रोकेको छ भने टोटनह्याम हट्सपरले भने क्रिष्टल प्यालेसलाई १-० ले पराजित गरेको छ ।
गएरातिका खेलहरुसँगै प्रियिमर लिगमा ६ खेलबाट १५ अंक जोडेको म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ । समान खेलबाट १३ अंक जोडेको म्यानचेस्टर युनाईटेड दोस्रो स्थानमा छ भने १२ अंक रहेको वेष्ट ह्याम युनाईटेड तेस्रो स्थानमा छ ।
यस्तै समान १२ अंक जोडेको लेष्टर सिटी चौथो स्थानमा छ भने पाँचौ स्थानको आर्सनलको १० अंक छ । साविक विजेता चेल्सी भने ७ अंकको साथ १५ औं स्थानमा छ ।