काठमाडौँ, ४ असोज । नयाँ संविधान जारी भएको उपलक्ष्यमा प्रमुख तीन दलले आज संयुक्त आमसभाको आयोजना गरेका छन् ।
सात दशकको प्रयासपछि संविधानसभाबाट संविधान घोषणा भएको खुसीयालीमा प्रमुख दल काँग्रेस, एमाले तथा एकीकृत नेकपा माओवादीले संयुक्त आमसभाको आयोजना गरेका हुन् ।
अपरान्न एक बजे हुने सभालाई प्रमुख दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौलाले जानकारी दिनुभयो ।
सभा अघि नेपाली कांग्रेसले शान्तिबाटिकाबाट, एमालेले बाघबजार र एकिकृत नेकपा माओवादीले भृकुटीमण्डवबाट र्याली निकाल्ने जनाइएको छ । सभामा सहभागीताको लागि आम नागरिकलाई पनि आह्वान गरिएको छ ।
सभामा संविधानका विशेषताका बारेमा कांग्रेस सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले साझा धारणा राख्नुहुनेछ ।