आर्मी लिगको शीर्ष स्थानमा उक्लियो

आर्मी लिगको शीर्ष स्थानमा उक्लियो

  • सोमवार, अशोज ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौँ, ३ असोज । राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल आर्मी क्लब विभागीय प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बल (एपीएफ क्लब)माथि १–० ले विजयी भएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा आर्मीका टेकबहादुर बुढाथोकीले ७१औँ मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई जित दिलाएपछि आर्मीको लिगमा अपराजित यात्रा कायम रहेको छ ।

टेकबहादुरले सन्तोष तामाङको फ्री किक प्रहारलाई सदुपयोग गर्दै हेडिङ्मार्फत गोल गरेका हुन् । मध्यान्तरअघि दुबै पक्षले केही राम्रा गोलका अवसर खेर फालेका थिए ।

मध्यान्तरपछि एपीएफले खेलमा फर्कने प्रयास गरेको थियो । खेल सकिन लागेको अतिरिक्त समयमा आर्मीका कप्तान भरत खवासले दोहोरो पहँेलो कार्ड खाँदै मैदान छोडेपनि एपीएफलाई खेलमा फर्कन ढिला भइसकेको थियो । एपीएफका जङ्बु शेर्पाले अन्तिम समयमा पाएको बराबरी गर्ने सुन्दर अवसर खेर फालेपछि आर्मीको जित सुनिश्चित भयो ।

खेलपछिको पत्रकार सम्मेलनमा आर्मीका प्रशिक्षक मेघराज केसीले टोलीको जितमा खुसी भएको प्रतिक्रिया दिँदै उपाधि भिडन्तका लागि अन्तिम खेलसम्म डटेर खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । एपीएफका प्रशिक्षक कृष्ण थापाले आफ्नो टोलीले राम्रो खेलेपनि गोल गर्न नसक्दा तीन अङ्क गुमाउनुपरेको प्रतिक्रिया दिनुभयो ।

नौ खेल खेलेको आर्मी १७ अङ्कका साथ लिगको पहिलो स्थानमा छ भने आठ खेलमा १४ अङ्क जोडेको एपीएफले चौथो स्थानमा चित्त बुझाएको छ । प्रतियोगिताअन्तर्गत सोमवार नेपाल पुलिस क्लब र थ्री स्टार क्लबबीच खेल हुनेछ ।रा

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी