रौतहटमा काँग्रेस र एमाले पार्टी कार्यालयमा तोडफोड

रौतहटमा काँग्रेस र एमाले पार्टी कार्यालयमा तोडफोड

  • आइतवार, अशोज ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

रौतहट, ३ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज रौतहटस्थित नेपाली काँग्रेस तथा नेकपा(एमाले)को पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।

मोर्चाका कार्यकर्ताले गरुडास्थित एमाले पार्टी कार्यालय तोडफोड र आगजनी गरेपछि प्रहरी र आन्दोलनकारीबीच केहीबेर झडप पनि भएको थियो ।

झडपको क्रममा मोर्चाका कार्यकर्ताले हानेको ढुङ्गा लागी इलाका प्रहरी कार्यालय गरुडामा कार्यरत प्रहरी जवान विर्ख तामाङ, योगेश खड्कालगायत पाँच प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सुधिरराज शाहीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी