सभासद्हरु आफ्नै परम्परागत पहिरनमा संविधान घोषणास्थलमा सहभागी

सभासद्हरु आफ्नै परम्परागत पहिरनमा संविधान घोषणास्थलमा सहभागी

  • आइतवार, अशोज ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौँ, ३ असोज ।

संविधान घोषणाको तयारी भइरहेको बेला संविधानसभाका सभासद्हरु आ–आफ्नै परम्परागत पोशाकमा संविधासभा भवन परिसरमा उपस्थित हुनुभएको छ ।

राष्ट्रपति डा रामवरण यादवले आज साँझ ‘नेपालको संविधान, २०७२ नेपाली जनतामा लागू भएको’ घोषणा गर्नुभएको छ ।

संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपासुर शेर्पा शेर्पा पोशाकमा उपस्थित हुनुभएको छ । यस्तै, गुरुङ तथा मगर समुदायबाट संविधानसभामा प्रतिनिधित्व गर्ने सभासद् पनि आफ्नै परम्परागत पोशाकमा सहभागी हुनुभएको छ ।

नेपालको आफ्नै विशेषता र जातीय पहिचानलाई झल्को दिने गरी सभासद् उपस्थित हुनु भएपछि भवन परिसरको माहोलमा बेग्लै रौनक छाएको छ । एकीकृत नेकपा (माओवादी)का तर्फबाट संविधानसभा सदस्य रुपा महर्जन नेवारी पोशाकमा ंसंविधान घोषणा समारोहमा सहभागी हुनुभएको छ ।

सभासद्हरु आपूm–आफूमा बधाई साटासाट गर्न व्यस्त हुनुहुन्छ । संविधानसभा भवन नजिकै रहेको नयाँ बानेश्वर चोकमा सयौको सङ्ख्यामा उपस्थित भएका नागरिकले संविधान घोषणा सभामा सहभागी हुन आउने सभासद् तथा विशिष्ट पाहुनाको स्वागत गरिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी