काठमाण्डौं असोज ३ ।
एएफसी अण्डर १६ छनौट चरणको अन्तिम खेलमा नेपाल ओमनसग‘ पराजीत भएको छ ।
किर्गिस्तानमा भएको खेलमा नेपाल ३–१ ले पराजीत भएको हो । यो पराजय सगै नेपालको अर्को चरण प्रवेशका लागि अन्य टिमको नतिजा कुर्नु पर्ने भएको छ । कम्तीमा उपविजेताको रुपमा छनौट हुन पनि अन्य खेल पर्खनु पर्ने भएको हो ।
२ गोलको अन्तरका कारण ओमन समुहको शीर्ष स्थानमा पुगेको छ । नेपालका लागि प्रिजेन तामाङले ८९ औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए । नेपालले पहिलो गोल ११ औं मिनेटमा खाएको थियो ।
दोस्रो गोल ४३ औं मिनेटमा पेनाल्टी मार्फत ओमनले दोस्रो गोल गरेको थियो । त्यस पछि ९३ औं मिनेटमा ओमनले फेरी गोल गरे पछि नेपाल संकटमा परेको हो ।
नेपालका लागि छरिता स्ट्राईकर रेजन सुव्वाले पनि पहिलो १३ मिनेटमा पाएको सुनौलो अवसरमा गोल गर्न सकेनन् । त्यसतो मनीष कार्कीले पनि पाएको अवसर सदुपयोग गर्न सकेनन् ।
यस अघि नेपालले किर्गिस्तान र जोर्डनलाई पराजीत गरेको थियो ।