काठमाडौं, ३ असोज ।
कपिलवस्तुमा बन्दकर्तामाथि आक्रमण हुदा १५ जना माओवादी कार्यकर्ता घाईते भएका छन ।
कपलिबस्तुको जितपुरमा आज आफ्नो पार्टीले गरेको बन्द कार्यक्रममा सहभागि भएका १५ जनामाथि सयौंको संख्यामा आएका नेपाली काँग्रेस, नेकपा एमाले र एनेकपा माओवादीका कार्यकर्ताले सांघातिक आक्रमण गर्दा १५ जना घाइते भएका माओवादीले जनाएको छ ।
घाइतेमध्ये ७ जनाको अवस्था गम्भिर रहेको नेकपा माओवादीका प्रवक्ता खड्क वहादुर विश्वकर्मा प्रकाण्डले वताउनु भयो ।
घाईते सबै जनाको जिल्ला अस्पताल कपिलवस्तुमा उपचार भइरहेको बताइएको छ ।
यसैबिच नेकपा माओवादीका प्रवक्त खड्क वहादुर विश्वकर्मा प्रकाण्डले मुख्य ३ दल र सरकारले नेकपा माओवादीका विरुद्ध सडयन्त्र गरिहेको बताउनु भएको छ ।
प्रवक्ता प्रकाण्डले मुख्य ३ दल काँग्रेस, एमाले र एकिकृत नेकपा माओवादीले आफुले गरेको नेपाल बन्द असफल पार्नका लागि आफ्ना कार्यकर्तामाथि योजनाबद्ध आक्रमण गरेको बताउभयोे छ ।
उहाले बम विस्पोट लगायतका घटनामा आफ्नो पार्टीलाई मुच्छ्न खोजेको भन्दै त्यसको खण्डन गर्नुभएको छ ।
आफ्ना कार्यकर्ताहरुले शान्तीपुर्ण तरिकाले आन्दोलन गरिरहेको भन्दै उहाले राजधानीका केहि स्थानमा भेटिएका भनिएका बम राख्ने कार्यमा आफ्नो पार्टीको संलग्नता नरहेको स्पष्ट पार्नुभयो ।