चितवन, ३ असोज ।
वैद्य नेतृत्वको ३३ दलीय मोर्चाले आह्वान गरेको बन्दका क्रममा सुरक्षा दिई चलाइएको एउटा यात्रुबाहक बसमा बन्दकर्ताले ढुङ्गा प्रहार गरी सामान्य क्षति पु¥याएका छन् ।
काठमाडौँतर्फ आउदै गरेको ना ५ ख ४१ ८७ नंम्बरको यात्रुबाहक बसमा पूर्वि चितवनको चैनपुरस्थित लदरी खोला पुल नजिकै आज बिहान बन्दकर्ताले ढुङ्गा प्रहार गरी क्षति पु¥याएका हुन् ।
एक सय ९५ वटा गाडीलाई सुरक्षा दिई गन्तव्यतर्फ पठाउने क्रममा मोटरसाइकलमा आएका व्यक्तिले बीचको गाडीमा ढुङ्गा हानेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक इन्द्रबहादुर थापाले बताउनु भयो ।
यसैबीच भरतपुरको हाकिम चोक नजिकै मिनीट्रकमा समेत तोडफोड भएको छ ।
भरतपुरको चौबीसकोठीबाट हाकिम चोकतर्फ जा‘दै गरेको ना४ख ७४१५ नंको मिनीट्रकमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले बताउनुभयो ।
बन्दका कारण चितवनको जनजीवन बिहानैदेखि प्रभावित भएको छ । राजमार्गमा लामो तथा छोटो दूरीका कुनै पनि सवारी साधन सञ्चालनमा आएका छैनन् ।
बजार व्यवसाय पूर्ण रुपमा ठप्प छ । उद्योग, कलकारखानासमेत पूर्ण रुपमा बन्द भएका छन् ।