राजविराजमा पत्रकारको मौन जुलुस

राजविराजमा पत्रकारको मौन जुलुस

  • आइतवार, अशोज ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

सप्तरी, ३ असोज ।
सप्तरीका पत्रकारहरुले आज जारी हुने संविधान, २०७२ मा आदिवासी जनजातिलगायत मधेसी पत्रकारलाई पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित नगरेको भन्दै आज राजविराजमा मौन जुलुसको आयोजना गरेका छन् ।

मानव अधिकारकर्मीसहित एक दर्जन पत्रकारहरुको सङ्घसंस्थाले आज हातमा कालोपट्टी बाँधेर मौन जुलुस निकालेको हो ।

मधेसी पत्रकार सङ्घ, राष्ट्रिय मिडिया पत्रकार सञ्जाल, मधेसी पत्रकार समाज नेपाल, मैथिली पत्रकार परिषद्, नेपाल प्रेस युनियन र आदिवासी जनजाति पत्रकारको संयुक्त रुपमा मौन जुलुसमा सहभागिता रहेको थियो ।

राजविराजको शिव मन्दिरबाट निकालिएको मौन जुलुस नगरको विभिन्न भागको परिक्रमा गरी जनआन्दोलन चोकमा गएर सम्पन्न भएको थियो ।

¥यालीमा संविधानमा ‘पूर्ण प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितता नगरेको भन्दै हातमा कालोपट्टी बाँधेर विरोध गरेको बताइएको छ ।

यसैबीच आज जारी हुने संविधानको मध्यनजर गर्दै सप्तरी प्रशासनले सुरक्षा सतर्कता बढाएको छ । सदरमुकाम राजविराजलगायत जिल्लाको ग्रामीण भेगमा पनि सुरक्षामा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले जानकारी गराउनुुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी