दोलखामा ‘सिजनल फ्लु’ नियन्त्रणमा आउन सकेन

दोलखामा ‘सिजनल फ्लु’ नियन्त्रणमा आउन सकेन

  • आइतवार, अशोज ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

दोलखा, ३ असोज ।

दोलखामा एक हप्तादेखि फैलिएको ‘सिजनल फ्लु’ हालसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार दैनिकजसो दुई सयभन्दा बढी व्यक्तिलाई यसको लक्षण देखिएको छ ।

भूकम्पले घर भत्काएपछि अस्थायी टहरामा बस्दै आएका मानिसमा ‘सिजनल फ्लु’को सङ्क्रमण हालसम्म दुई हजारजनामा देखिएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख डाक्टर खगेश्वर गेलालले बताउनुभयो । कार्यालयले नियन्त्रणका लागि पहल गर्न विज्ञ टोलीमार्फत काम गरिरहेको बताएको छ । तर नागरिकमा भने त्रास सिर्जना भएको छ ।

पछिल्लो समय रुघाखोकी र जरोको बिरामीको सङ्ख्या बढिरहेको भन्दै केही व्यक्तिहरुको स्वास्थ्य परीक्षणका क्रममा आठजनालाई ‘सिजनल फ्लु’को सङ्क्रमण देखिएको कार्यालयले बताएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय दोलखाले आठजनामा एचवान र एनवान पोजेटिभ देखिएको बताएको हो । बढी मात्रामा भीमेश्वर नगरपालिकाको वडा नं १ र २ मा सङ्क्रमण बढेको भन्दै गाउँ गाउँमा पनि यसको समस्या देखिएको बताउँदै स्थानीयवासीलाई जोगिन अनुरोध गरिएको छ ।

जिल्लाको २७ वटा स्वास्थ्य संस्थामा गरिएको सर्वेक्षणअनुसार करिब दुई हजारमा यसको लक्षण देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ