संविधान घोषणाबारे मन्त्रिपरिषद्मा छलफल

संविधान घोषणाबारे मन्त्रिपरिषद्मा छलफल

  • आइतवार, अशोज ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ, ३ असोज । मन्त्रिपरिषद्को आजको बैठकमा राष्ट्रपति डा रामवरण यादवबाट ‘नेपालको संविधान, २०७२’ घोषणा गर्ने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवासमा भएको बैठकमा राष्ट्रपति डा यादवले संविधान प्रारम्भ भएको घोषणा गर्ने विषयमा छलफल भएको सूचना तथा सञ्चार प्रविधि मन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिनुभयो । सभाअध्यक्षबाट प्रमाणित भएको ‘नेपालको संविधान, २०७२’ आज संविधानसभा भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति डा यादवले प्रारम्भ भएको घोषणा गर्ने कार्यक्रम छ ।

बैठकमा भोलि (सोमबार) सरकार र राजनीतिक दलसमेतको सहभागितामा ¥याली निकाल्ने विषयमा छलफल हुनुका साथै आवश्यक तयारीका बारेमा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले जानकारी गराउनुभएको थियो । छलफलपछि प्रधानमन्त्री सुशील कोइरालाले थप आवश्यक निर्देशनसमेत दिनुभएको सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री डा रिजालले बताउनुभयो ।

बैठकमा भूकम्प पछाडिको पुनःनिर्माणको कार्य चाँडै सम्पादन गर्नका लागि राजनीतिक रुपमा ऐन कानुनी प्रक्रियालाई ध्यानमा राखेर कसरी अगाडि बढ्ने भन्ने बारेमा छलफल भएको थियो ।

सरकारले भूकम्पपछिको पुनःनिर्माणको काम र बाँकी रहेको पुनःस्थानाको काम तदारुकताका साथ अघि बढाउन तयारी गर्ने र त्यसका लागि आवश्यक राजनीतिक समझदारी, कानुनी, संवैधानिक तयारी गर्ने विषयमा समेत छलफल भएको मन्त्री रिजालले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ