एमाले चियापानमा चालिस हजारलाई निम्तो

एमाले चियापानमा चालिस हजारलाई निम्तो

  • आइतवार, अशोज ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौँ, ३ असोज । नेकपा (एमाले) ले संविधानसभामार्फत नयाँ संविधान बनेको ऐतिहासिक अवसरमा यही असोज ५ गते आयोजना गर्ने चियापान कार्यक्रममा विशिष्ट व्यक्तिदेखि कार्यकर्तासम्म गरी ४० हजारलाई निम्तो दिएको छ ।

चियापान कार्यक्रमको तयारीबारे आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा ऐतिहासिक अवसरमा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा पार्टीका तर्फबाट आयोजना हुने चियापान कार्यक्रममा प्रधानमन्त्री, सभाध्यक्ष, मन्त्री, विभिन्न पार्टीका नेता, संवैधानिक निकायका प्रमुख तथा प्रतिनिधिलाई आमन्त्रण गरिएको जानकारी दिइयो ।

यस्तै, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, कलाकार, पत्रकार, कानुन व्यवसायी, शिक्षक, प्राध्यापक, उद्यमी व्यवसायी, श्रमिक पेसाकर्मी, खेलाडी, निजामती तथा जङ्गी सेवाका अधिकारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवालगायत उपत्यकावासी जनसमुदायलाई अमन्त्रण गरिएको एमाले केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईले बताउनुभयो ।

एमालेका महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा गत भदौ ३१ गते बसेको केन्द्रीय सचिवालय बैठकले चियापान कार्यक्रम व्यवस्थित गर्न पार्टी सचिव तथा केन्द्रीय प्रचार विभागका प्रमुख भट्टराईको संयोजकत्वमा आर्थिक विभाग प्रमुख विष्णु रिमाल र कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ रहनुभएको तीन सदस्यीय व्यवस्थापन कमिटी पनि गठन गरिएको थियो । उहाँहरुलाई अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट निमन्त्रणा गरिएको छ ।

ऐतिहासिक अवसरमा आयोजना हुने कार्यक्रम भएकाले राष्ट्रपति, उपराष्ट्रपतिलाई पनि उपस्थितिका लागि अध्यक्ष ओलीले आग्रह गर्ने भट्टराईले बताउनुभयो ।

सो दिन अपराह्न १ देखि ५ बजेसम्म चल्ने चियापान कार्यक्रममा १ देखि ३ बजेसम्म पार्टी सदस्य र सर्वसाधारण तथा ३ देखि ५ बजेसम्म पाहुनालाई आमन्त्रण गरिएको छ । कार्यक्रमलाई रमाइलो र उल्लासपूर्ण बनाउन मुलुकभित्रका सबै संस्कृति र पहिचान झल्कने सांस्कृतिक नृत्यका साथै कलाकार मनोज गजुरेलको प्रस्तुतिसमेत राखिएको छ ।

संविधान जारी भएपछि आज साँझ देश विदेशमा दीपावली गर्न र असोज ४ गते संविधानको स्वागतमा उत्सव मनाउन स्थानीय विशिष्टताअनुरुपका रचनात्मक कार्यक्रम आयोजना गर्न एमालेले सबै कमिटी र सङ्गठनलाई यसअघि आह्वान गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी