काठमाडौं, ३ असोज ।
प्रहरी वीटसंगै रहेको पुरानो बसपार्कमा एउटा गाडिमाथि आगजनी भएको छ ।
आज विहान ११ बजेर ४४ मिनट जादा बसपार्क भित्र छिरेको बा ३ ख २९०९ नम्बरको दक्षीणकाली रुटको गाडिमा अज्ञात समुहले आगजनी गरेको हाम्रा सहकर्मी कमल काफ्लेले जानकारी दिनुभयो ।
बसमा लागेको आगोे करिब ४० मिनटपछि मात्र दमकल, नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका थिए ।
बसमा कसले र किन आगो लगायो भन्नेबारे थाहा हुन नसकेको प्रहरीले बताएको छ । आगजनी गर्ने समुहको खोजी कार्य भइरहेको समेत प्रहरीको भनाई छ ।
आगजनीबाट बस पुर्ण रुपमा जलेको छ, भने कुनै मानवीय क्षति नभएको हाम्रा सहकर्मी कमल काफ्लेले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline