काठमाडौं, ३ असोज ।
नेकपा माओवादीका प्रवक्त खड्क वहादुर विश्वकर्मा प्रकाण्डले मुख्य ३ दल र सरकारले नेकपा माओवादीका विरुद्ध षड्यन्त्र गरिहेको आरोप लगाउनु भएको छ ।
आज माओवादीले गरेको नेपाल बन्दको विषयमा मिर्मिरेसंग कुरा गर्दै प्रकाण्डले मुख्य ३ दल काँग्रेस, एमाले र एकिकृत नेकपा माओवादीले आफुले गरेको नेपाल बन्द असफल पार्नका लागि बम विस्पोट लगायतका घटनामा आफ्नो पार्टीलाई मुच्छ्न खोजेको भन्दै त्यसको खण्डन गर्नुभएको छ ।
उहाले भन्नुभयो, “आज जारी हुन लागेको सविधानले ससदीय व्यवस्थाको पक्षपात गरेकाले त्यसका विरुद्धमा नेकपा माओवादीले गरेको नेपाल बन्द र आन्दोलन शान्तिपुर्ण हुदाहुदै पनि तीन दल र सरकारले बन्दको बेलामा उपत्यकाका विभिन्न ठाउाँ्मा बम राखेको भन्दै अफवाह फैलाएको छ त्यो निकै निन्दनीय छ । ”
आफ्ना कार्यकर्ताहरुले शान्तीपुर्ण तरिकाले आन्दोलन गरिरहेको भन्दै उहाले राजधानीका केहि स्थानमा भेटिएका भनिएका बम राख्ने कार्यमा आफ्नो पार्टीको संलग्नता नरहेको स्पष्ट पार्नुभयो ।
आज विहान कलंकीस्थित रवि भवन मुल सडकमा अज्ञात समुहले राखेको संकास्पद बस्तु फेला परेको थियो । नेपाली सेना र नेपाल प्रहरील्को बम डिस्पोजल टोलीले उक्त बस्तु बम भएको भन्दै डिस्पोज गरेका थिए ।
संविधानको विरोधमा विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको बन्दका कारण बिहानै देखि राजधानी काठमाण्डौं सहित देशका विभिन्न भागको जनजीवन ठप्प बनेको छ ।
उपत्यकाबाट कुनै नेता कार्यकर्ता पक्राउ नपरे पनि शान्तीपुर्ण आन्दोलनमा क्रममा देशका अन्य ठाँउबाट आफ्ना नेता तथा कार्यकर्ता पक्राउ गरिएको भन्दै सरकारको यो रबैया ठिन नभएको उहाले बताउनुभयो ।