विप्लव माओवादीले गरेको नेपाल बन्दको प्रभाव देशभर, धादिङ्गमा गोली चल्यो ,दर्जनौं नेता कार्यकर्ता पक्राउ

विप्लव माओवादीले गरेको नेपाल बन्दको प्रभाव देशभर, धादिङ्गमा गोली चल्यो ,दर्जनौं नेता कार्यकर्ता पक्राउ

  • आइतवार, अशोज ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 15.5K
    SHARES

काठमाण्डौं ३ असोज ।

जारी हुन लागेको सविधानले ससदीय व्यवस्थाको पक्षपात गरेकाले यसलाई नमान्ने भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आव्हान गरेको नेपालबन्दका कारण देशभरको जन जीवन प्रभावित भएको छ ।

बन्दका कारण बिहानै देखि राजधानी काठमाण्डौं सहित देशका विभिन्न भागको जनजीवन प्रभावित भएको हो । अधिकाशं ठाउमा यातायात कलकारखाना, बजार व्यवसाय ठप्प रहे पनि केहि स्थानमा भने सवारी साधन छिटपुट रुपमा चलेका छन् ।
बन्दको अवज्ञा गरेको भन्दै माओवादी कार्यकर्ताहरुले ठॉउ ठॉउमा सवारी साधनमा तोडफोड गरेका छन् । कलंकीमा एक माईक्रोबस तोडफोड भएको छ भने ग्रीनल्याण्ड धापासीमा ट्याक्सी र चावहील चोकमा पनि एक ट्याक्सीमा तोडफोड भएकोे छ ।

यसै गरी बसुन्धरामा एक पिकअप भ्यानमा तोडफोड भएको छ, तर प्रहरीले अहिले सम्म कुनै अप्रिय घटनाको जानकारी नआएको जनाएको छ ।

यस्तै बन्दका क्रममा धादिङ्ग भूमिस्थानको बैरेनीमा एउटा ट्रक र दुइओटा मोटरसाइकल तोडफोड भएको छ ।

तोडफोड भएपछी तनावग्रस्त बनेको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाइफायर गरेको हाम्रा सहकर्मीले जनाएका छन ।

यसैबीच, पोखराको लेखनाथ नगरपालीका स्थित पावर हाउसबाट २१ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

विप्लव माओवादी कास्कीका सेक्रेटरी पुर्णजित पुन, सहित अखिल क्रान्तिकारी कास्कीका अध्यक्ष मिलन राई, , पि एन क्याम्पस इकाई कमिटि अध्यक्ष काजी गुरुङ, सचिव शिब क्षेत्री लगायतलाई प्रहरीले पक्राउ गरेको नेकपा माओवादीका तमुवान ईञ्चार्ज सावित्री दुराले रेडियो मिर्मिरेलाई जानकारी दिनुभयो ।

यस्तै लोकेन्द्र बिक, गोकुल पराजुली, गोविन्द वली, रविन्द्र राई, देविदत्त तिवारी, भोजराज त्रीपाठी, भिम तामाङ, विक्रम मगर, लिपक सुनार, रमेश श्रेष्ठ, प्रवल भण्डारी, नरेन्द्र सापकोटा, सुर्य अधिकारी, चीत्र शहादुर भुजेल, बुद्धि सागर वास्तोला र एक जना विद्यार्थी सहित २१ जनालाई प्रहरीले विना कारण सडकबाट समातेर लगेको दुराले बताउनुभयो ।

यस्तै गर्जन साप्ताहिकका सम्वादाता आश तमुलाई समेत पक्राउ गरेको बताईको छ । शान्तिपूर्ण रुपमा बन्द आह्वान गर्दै हिँडेका आफ्ना कार्यकर्तालाई बिना सर्त तत्काल रिहा गर्न पनि दुराले माग गर्नुभएको छ ।

बन्दमा एम्वुलेन्स, प्रेस, मानवअधिकार तथा अत्यावश्यक सामग्री बोक्ने सवारी साधनलाई छुट दिए पनि पर्यटक तथा कुटनीतिक नियोगका सवारी साधनलाई भने चल्न नदिएको दुराले बताउनुभयो ।

दुराले शान्तिपूर्ण बन्द गराउँदा प्रहरीले धरपकड तथा वल प्रयोग गरेमा तयसको प्रतिकार गर्ने चेतावनी समेत दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी