रेडपान्डाको संख्या दुई सय अठार पुग्यो

रेडपान्डाको संख्या दुई सय अठार पुग्यो

  • आइतवार, अशोज ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

 असोज ३ ईलाम  \ विश्वमै दूर्लभ मानिएको रेडपान्डा (हाब्रे) को संख्या पूर्वी नेपालको तीन वटा जिल्लामा मात्रै दुई सय अठार पुगेको छ ।
रेडपान्डाको संरक्षणसम्बन्धि कार्य गर्दै आएका संस्थाहरुले ताप्लेजुङसहित पाँचथर र इलाम गरी तीन जिल्लामा उक्त संख्यामा रेडपान्डा रहेको जनाएका छन् ।
छैटौं अन्तराष्ट्रिय रेडपान्डा दिवस (सेप्टेम्बर १९) को अवसर पारेर यसको संरक्षणमा काम गर्दै आएको संस्था रेडपान्डा नेटवर्क र अन्य संस्थाहरु दीपज्योति युवा क्लव पाचथर र द माउण्टेन इष्टिच्युट नेपालले यी तीनवटा जिल्लामा उक्त संख्यामा रेडपान्डा रहेको तथ्याङ्क सार्वजनिक गरेका हुन् ।
संस्थाहरुका अनुसार ताप्लेजुङमा एक सय ३४ वटा, पाँचथरमा ४३ र इलाममा ४० वटा रेडपान्डा रहेका छन् ।
यस्तै ती संस्थाका अनुसार ताप्लेजुङको १९ गाविस, पाँचथरको तीन र इलामको पाँचवटा गाविसमा रेडपान्डा पाइने गरिएको अनुसन्धानले देखाएको जनाएको छ ।
हिजो ताप्लेजुङसहित पाँचथर, इलाम लगायतका जिल्लामा विभिन्न कार्यक्रम दिवस मनाएको जनाइएको छ ।
यता दिवस मनाइरहँदा पछिल्लो समय अव्यवस्थित सडक निर्माण, जंगलको विनास, जनचेतनाको कमि, बासस्थानमा समस्या तथा अवैध व्यापार रेडपान्डा संरक्षणका लागि चुनौती बनेको सरोकारवालाले औंल्याएका छन् ।
उनीहरुका अनुसार बासस्थानको विनास र रेडपान्डाको छालाको अवैध व्यापार संरक्षणका लागि मुख्य चुनौती बनेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको तथ्याङ्कअनुसार सन् २०१३ यता मात्रै प्रत्येक वर्ष दर्जनको संख्यामा रेडपान्डाको चोरी तस्करी हुने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ