अरुण पुर्वको नौ जिल्ला बन्द जनजीवन प्रभावित

अरुण पुर्वको नौ जिल्ला बन्द जनजीवन प्रभावित

  • आइतवार, अशोज ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

 धरान  असोज ३ ।

लिम्बुवान विनाको संविधान ल्याउन लागेको भन्दै लिम्बुवान संघर्ष समिति र संघिय लिम्बुवान पार्टी नेपालले आजबाट अनिश्चितकालिन अरुण पूर्वका नौ जिल्ला बन्दको आह्वान गरेका छन् ।

बन्दका कारण पूर्वका सुनसरी, मोरङ, झापा, धनकुटा, तेह्रथुम, संखुवासभा, इलाम, पांचथर र ताप्लेजुङको जनजीवजन प्रभावित बनेको छ ।

यी जिल्लाहरुमा बिहानैदेखि लामो तथा छोटो दुरीका सवारीसाधन चल्न सकेका छैनन् भने कलकारखाना, शिक्षणसंस्था समेत ठप्प रहेका छन् ।

संघर्ष समितिले ऐतिहासिक पृष्ठभूमि र पहिचानको आधार अरुण पूर्वको भू–भागलाई लिम्बुवान प्रदेश घोषणा गर्न माग गरेको छ ।

माग पूरा नभएसम्म आन्दोलन फिर्ता नलिने संघिय लिम्बुवान पार्टीका केन्द्रीय अध्यक्ष कुमार लिङ्लेनले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ