काठमाडौ ३ असोज ।
संविधान घोषणा हुने दिनलाई मध्यनजर गर्दै गृहमन्त्रालयले संविधानसभा भवन नयाँ बानेश्वर सहित मुलुकभरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
नयाँ बानेश्वर स्थित संविधानसभा भवनमा मन्त्रालय मातहतका ३ वटै सुरक्षा निकायलाई परिचालन गरी हाइ अलर्टमा राखिएको छ ।
संविधानसभा भवन नयाँ बानेश्वर आसपासका क्षेत्र कोटेश्वर, थापाथली र बत्तिसपुतली क्षेत्रलाई विषेश सुरक्षा सतर्कतामा राखिएको प्रहरी नायव महानिरिक्षक तथा प्रहरी प्रवक्ता कमल सिंह बमले जानकारी दिनुभयो ।
बमका अनुसार संविधानसभा भवनमा सबैतिर सिसीटिभी क्यामराको जडानसँगै कडा जाँच सुरु गरिएको छ । त्यस्तै उपत्यका भित्रने सवारी साधनमा हिजोबाट नै कडा जाँच सुरु गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline