काठमाण्डौं ३ असोज ।
अहिले आउन लागेको सविधानले ससदीय व्यवस्थाको पक्षपात गरेकाले यसलाई नमान्ने भन्दै आज नेपाल बन्दको आव्हान गरेको छ ।
माओवादीको बन्दका कारण बिहानै देखि राजधानी काठमाण्डौं सहित देशका विभिन्न भागको जनजीवन प्रभावित भएको छ ।
कतिपय ठॉउमा सवारी साधन चलेका छन् । बन्दको अवज्ञा गरेको भन्दै माओवादी कार्यकर्ताहरुले ठॉउ ठॉउमा सवारी साधनमा तोडफोड गरेका छन् ।
कलंकीमा एक माईक्रोबस तोडफोड भएको खबर छ । त्यसै गरी ग्रीनल्याण्ड धापासीमा ट्याक्सी तोडफोड भएको छ भने चावहील चोकमा पनि एक ट्याक्सीमा तोडफोड भएको बताईएको छ ।
यसै गरी बसुन्धरामा एक पिकअप भ्यानमा माओवादी कार्यकर्ताहरुले तोडफोड गरेको खबर छ ।
तर प्रहरीले अहिले सम्म कुनै अप्रिय घटनाको जानकारी नआएको जनाएको छ ।
प्रहरीले उपत्यकाको विभिन्न ठाउबाट एक दर्जन बन्द गराउदै हिड्ने माओवादी कार्यकर्ताहरुलाई पक्राउ गरेको छ ।