गजल उत्सव सम्पन्न

गजल उत्सव सम्पन्न

  • आइतवार, अशोज ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

काठमाडौँ, ३ असोज ।

युवककवि मोतीराम भट्टको १५०औँ जन्मजयन्तीको अवसरमा शनिबार काठमाडौँमा गजल उत्सव, २०७२ सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च, भुटान गजल मञ्च र अन्तर्राष्ट्रिय भुटानी सिर्जनशील मञ्चको संयुक्त आयोजना भएको उत्सवमा विभिन्न स्रष्टाका गजलकृति विमोचनसँगै गजल गाइएका थिए । कार्यक्रममा ८९ भुटानी नेपाली गजलगोद्वारा लिखित ‘दबाइएका आवाजहरु’, दीर्घ क्षेत्री दीपको ‘हिमचुलीको आभा’ तथा सरिता ढुङ्गानाको ‘आफन्तको भिडमा’ गजलसङ्ग्रहको विमोचन गरियो ।

सोही अवसरमा मोतीराम गजल साधना सम्मान, २०७२ गजलगो मनु ब्राजाकीलाई, सेतुराम सङ्गीत साधना सम्मान, २०७२ युवा सङ्गीतकार हरि लम्साललाई र गजल सञ्चार सम्मान, २०७२ रेडियोकर्मी हेम भण्डारीलाई प्रदान गरियो । कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा विष्णुविभू घिमिरेले अहिले नेपाली गजलले व्यापकता प्राप्त गरिसकेको उल्लेख गर्दै प्रज्ञा–प्रतिष्ठान पनि नेपाली गजलको विकासमा सहयोगी बन्ने बताउनुभयो ।

गजल मञ्चका अध्यक्ष घनेन्द्र ओझाले एक दशकअघिदेखि आफूहरु संस्थागत र व्यक्तिगत रुपबाट समेत नेपाली गजलको विकास र विस्तारका निम्ति क्रियाशील रहेको बताउँदै आगामी दिनमा अझ महत्वपूर्ण र ऐतिहासिक काम गर्ने जानकारी दिनुभयो ।

सो अवसरमा नेपाली गजलको विकास, विस्तार र परिष्कारका लागि क्रियाशील अनाममण्डलीका अध्यक्ष बलराम दाहाललाई कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रममा गजल गायकगायिका सुवास अगम, राज सागर, समीर विक, झुमा निरौला, निखिता थापा, सहदेव तिमिल्सिनाले गजल गाउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी