काठमाडौं, ३ असोज ।
सात दशक लामो संघर्षपछि संविधानसभाबाट संविधान बनाउने प्रयास आज सफल हुदैछ ।
संविधानसभा भवन नयाँ बानेश्वरमा आज साँझ हुने भव्य समारोहकाबीच राष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधान घोषणा गर्नुहुनेछ ।
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेमवाङले प्रमाणीकरण गर्नुभएको संविधान राष्ट्रपतिले घोषणा गर्नुभएसँगै देशमा नयाँ संविधान लागु हुनेछ ।
साँझ ५ बजे हुने विशेष समारोहलाई व्यवस्थित बनाउन सम्पूर्ण तयारी पूरा भएको संविधानसभा सचिवालयले जनाएको छ । संविधानसभा भवनलाई सिँगारेर चिटिक्क पारिएको छ भने विभिन्न रङका बत्तीले सजाइएको छ ।
संविधान घोषणा सभालाई ध्यानमा राख्दै काठमाडौ उपत्यका सहित देशका विभिन्न स्थानको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
- आइतबार घोषणा हुने नेपालको संविधान २०७बmउस२ को पूर्व सन्ध्यामा संविधानसभा भवनमा नेपालको झन्डा फहराएर गरिएको सजावत ।
विशेष समारोहमा सहभागी हुने विशिष्ठ पाहुनाका लागि विशेष प्रवेश पासको व्यवस्था गरिएको सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिनुभयो ।
समारोहमा पूर्व सभासद् तथा अति विशिष्ठ व्यक्तित्वलाई निम्त्याइएको छ । नेपालस्थित कूटनीतिक नियोगका प्रमुख, नागरिक समाजका अगुवा, वरिष्ठ सञ्चारकर्मी, उद्योगी तथा व्यवसायीलाई निमन्त्रणा गरिएको गौतमले बताउनुभयो ।
- संविधानसभा भवनमा नेपालको झन्डा फहराएर गरिएको सजावत ।
पहिलोपटक नागरिकका प्रतिनिधिले बनाएको संविधानको घोषणा सभालाई बढीभन्दा बढी भव्य र सभ्य बनाउन सबै प्रकारको तयारी गरिएको सचिवालयले जनाएको छ ।
यद्यपी संविधान सभाबाट सविधान बनाउने लक्ष्य पूरा भए पनि सबै क्षेत्र र समृुदायलाई समेट्न नसकेको भन्दै चौतर्फी विरोध पनि जारी छ ।


