नेपालले आज ओमनको सामना गर्दै

नेपालले आज ओमनको सामना गर्दै

  • आइतवार, अशोज ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौ ३ असोज ।  एएफसी अन्डर १६ छनोटको अन्तिम खेलमा नेपालले आज ओमनसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समय अनुसार अपरान्न पौने ३ बजे डोलेन ओमरजाकोभ रंगाशालामा हुनेछ ।

पहिलो दुई खेल जितेर ६ अंकसहित समुहको शीर्ष स्थानमा रहेको नेपालले ओमन विरुद्ध कम्तीमा बराबरी मात्र गरेपनि अघिल्लो चरण प्रवेश गर्नेछ ।

जोडर्न र आयोजक किर्गिस्तान जस्तो बलियो प्रतिद्धन्द्धीलाई पराजित गरेर उच्च मनोबलमा रहेको नेपाली टोलीले आफ्नो साविक रणनिति अनुसार खेल्दै जीत हात पार्ने लक्ष्य लिएको प्रशिक्षक उपेन्द्रमान सिंहले बताए ।

आजको खेलमा यदि नेपाल एक गोल अन्तरले मात्र पराजित भएमा र जोर्डनले किर्गिस्तानलाई ३ गोल भन्दा कम अन्तरमा हराएमा पनि गोल अन्तरका आधारमा नेपाल समुह विजेता बन्नेछ ।

नेपालले पहिलो खेलमा जोडर्नलाई २-१ ले स्तब्ध पारेको थियो भने आयोजक किर्गिस्तानलाई ४-२ ले पाखा लगाएको थियो । नेपाली टोलीमा रेजिन सुब्बा, दिनेश योेन्जन, मनिष कार्की लगायतका खेलाडीले खेलमा प्रभाव पार्न सक्नेछन् ।

आजै साँझ आयोजक किर्गिस्तान र जोडर्नबीच पनि खेल हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी