असोज ४ गते सहिद मञ्चमा विशेष खुशीयालीसभा

असोज ४ गते सहिद मञ्चमा विशेष खुशीयालीसभा

  • आइतवार, अशोज ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौँ, ३असोज ।

नयाँ संविधान जारी भएको उपलक्ष्यमा प्रमुख तीन दलले असोज ४ गतेका दिन अपराह्न १ बजे सहिद मञ्चमा विशेष खुशीयालीसभा आयोजना गर्ने भएका छन् ।

नेपाली काँग्रेस, नेकपा (एमाले) तथा एकीकृत नेकपा (माओवादी)द्वारा संयुक्तरूपमा खुशीयालीसभा आयोजना गर्ने भएका हुन् ।

राष्ट्रपति डा रामवरण यादवद्वारा भोलि अपरान्ह ५ बजे नयाँ संविधान जारी भएको घोषणा गर्ने कार्यक्रम रहेको छ । आमसभालाई ती दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने नेकाका महामन्त्री कृष्ण सिटौलाले जानकारी दिनुभयो ।

उहाँले सो सभामा सहभागीताको लागि आम नागरिकलाई आह्वान गर्नुभयो । सो सभामा संविधानका विशेषताका बारेमा नेकाका सभापति सुशील कोइराला, नेकपा (एमाले) का अध्यक्ष केपी ओली तथा नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले साझा धारणा राख्नुहुनेछ ।

ती तीनदलले छुट्टा छुट्टै विज्ञप्ति मार्फत संविधान जारी भएपछि दिपावली गर्न र खुशीयालीका कार्यक्रम गर्न आग्रह गरिसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ