नयाँ संविधानका बिषयमा के भन्छन् कलाकार

नयाँ संविधानका बिषयमा के भन्छन् कलाकार

  • आइतवार, अशोज ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

काठमाडौँ, २ भदौ ।

लामो प्रतीक्षापछि जनप्रतिनिधिमार्फत निर्माण भएको नेपालको संविधान आइतबार घोषणा हुँदैछ । संविधानसभाबाट संविधान अत्यधिक बहुमतले पारित भएसँगै सबैमा खुसीयाली छाएको छ । यसबाट कुनै क्षेत्र पनि अछुतो हुन सकेको छैन ।

चलचित्र क्षेत्रका हस्तीले पनि मुलुकमा संविधान जारी भएपछि आफ्नो क्षेत्रले फड्को मार्ने विश्वास लिएका छन् । उनीहरूले आफूहरू ‘नयाँ संविधान’को स्वागत् गर्न लालायित भएको बताए । संविधान जारी भएपछि देशमा शान्ति तथा स्थिरता कायम हुने भएकाले कला, चलचित्र क्षेत्रमा लगानी बढ्ने विश्वास उनीहरूको छ ।

‘भैरव’ नामक चलचित्रको निर्देशन गर्दै पाँच वर्षको अन्तरालपछि कलिउड फर्किएका नायक निखिल उप्रेती देशमा संविधान आउने सुनिश्चित भएकाले यस क्षेत्रले चाँडै काँचुली फेर्नेमा ढुक्क हुनुहुन्छ ।

विदेशी चलचित्रले नेपालबाट कम्तीमा पनि वार्षिक रु ३० करोडभन्दा बढी रकम लगिरहेको बताउँदै उप्रेतीले भन्नुभयो, “संविधान जारी भएपछि स्थिरता आउने पक्कापक्की छ, अब नेपाली चलचित्रमा लगानी बढ्नेमा म त ढुक्क छु, लगानी बढेपछि चलचित्रस्तरीय बन्छन् अनि न दर्शकको माया पाउने हो !”

संविधानले सबैलाई समेट्न सके पनि चलचित्र क्षेत्रलाई नसमेटेकोमा भने नायक उप्रेतीले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “यसमा हामीहरूको पनि दबाब पुगेन कि !”

संविधान जारी हुने दिनलाई ‘ऐतिहासिक दिन’ मान्नुहुने चलचित्र विकास वोर्डका अध्यक्ष राजकुमार राई संविधानमा ‘भाषिक सिनेमा’को कुरा समेटिएकाले सकारात्मक रूपमा लिनुपर्ने बताउनुहुन्छ । उहाँ संविधानमा चलचित्रबारे कम लेखिएको भएपनि चलचित्र नीति बनिसकेकाले यस क्षेत्रको विकास हुनेमा ढुक्क हुन सबैलाई आग्रह गर्दै भन्नुहुन्छ, “पचास वर्षको दौरानमा पनि बन्न नसकेको चलचित्रसम्बन्धी नीति अहिले बनेको छ, यो (चलचित्र नीति) भनेको हाम्रो संविधान हो । चलचित्र क्षेत्रको हितकै लागि ऐन विनियममार्पmत सम्बोधन गर्छौँ ।”

वरिष्ठ कलाकार लक्ष्मी गिरी संविधान आउला या नआउला भनेर मनमा उकुसमुकुस भएको वर्षौँदेखिको भावना अहिले प्रष्फुटित भएकाले आनन्दको श्वास फेर्न थाल्नुभएको छ । संविधान आउने भएकोमा निकै भावुक हुनुभएकी गिरीले भन्नुभयो, “मलाई त भावुक भएर राष्ट्रभक्तिले ओतप्रोत भएका कविता लेख्न मन लागेको छ ।”

चर्चित गायिका कुन्ति मोक्तान बच्चादेखि वृद्धसम्मका लागि संविधानले आशाको किरण छरेको बताउनुहुन्छ । देशमा द्वन्द्व र अशान्ति मात्र भयो भनेर विदेश पलायन भएकालाई स्वदेश फर्कन आग्रह गर्दै उहाँ भन्नुहुन्छ, “नेपालको ठूलो विजय भएको छ, तपाइँहरू अब स्वदेश फर्कनुहोस्, हामी नेपालीले चाहेमा यहीँ जे पनि गर्न सकिँदो रहेछ ।”

अधिकांश कलाकारले संविधान जारी भएको दिन सबै नेपालीलाई दीपावली गर्न आग्रह गर्दै भने, “आउनुहोस् सँगसँगै खुसी मनाऔँ, दीपावली गरौँ, सधैँ यस्तो अवसर नआउन सक्छ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी