काठमाण्डौ, २ असोज ।
राष्ट्रपति डा. रामवरण यादवले संविधान घोषणा समारोहमा राष्ट्रका नाममा सम्बोधन गर्नुहु्ने भएको छ । राष्ट्रपति यादवले आइतबार संविधानसभा भवनमा नेपालको संविधान २०७२ घोषणा समारोहमा सम्बोधन गर्नुहुने भएको हो ।
यस्तै, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानमा हस्ताक्षर गर्न छुटेका सभासदहरुलाई आइतबार अपराह्न ४ बजेसम्मको समय दिनसभएको छ ।
असन्तुष्ट दलका सभासदहरुलाई संविधान घोषणा हुनु एक घन्टाअघिसम्म हस्ताक्षर गर्न समय दिइएको हो । सन्चारकर्मीहरुसँग आज सिंहदरबारमा कुरा गर्दै अध्यक्ष नेम्वाङले हस्ताक्षरका लागि आइतबार अपराह्न ४ बजेसम्म संविधानका प्रतिहरु खुलै राखिने बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline