जनश्रमदानमा सडक मर्मत अनी कृषि व्यवसायका लागि गाउ पुग्नेलाई स्वागत

जनश्रमदानमा सडक मर्मत अनी कृषि व्यवसायका लागि गाउ पुग्नेलाई स्वागत

  • शनिबार, अशोज २, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

असोज २ सल्यान
सल्यानको अग्लो मध्ये स्थानमा पर्ने कुमाखको काखमा पर्ने चिनाली सम्मका लागि ट्याक्सी जाने बाटो मर्मतमा स्थानियबासी आफै लागेका छन ।
मर्मपरिकाँडा र चाँदेकरेन्जीबासीले चौरजहारीका लागि ढोरचौरबाट नजिक पर्ने गरि सुरुवात गरिएको सडकमा मर्मपरिकाँडाको गुरुदासेसम्म बाटो पुगेकोले आवतजावतमा सहजपुग्ने गर्दछ । अरु समयमा सडक सुचारु भएता पनि बर्षायाममा बाटो बन्द हुने गर्दछ । सल्यानको ढोरचौरबाट चौरजहारी पुग्नलाई छोटो बाटो हुने उक्त सडकको स्तर उन्नती र निर्माणलाई सरोकारवाला निकायले ध्यान नदिदा स्थानियबासी आफै जनश्रमदानमा सडक मर्मतमा लागेकाहुन । उनिहरुले ५ किलोमिटर बाटो निर्माण गरिसकेका छन भने अव केहि दिनमा बाँकी ४ किलोमिटर बाटो सम्पन्न गरिसक्ने जनाएका छन ।
दुई गाविसबाट ६०÷६० जना गरि जम्मा १२० जनाले जनश्रमदान गरिरहेको चिनालीबाट स्थानिय स्वास्थ्यकर्मी चन्द्र बहादुर रोकाले जनाएका छन ।
आज सडक निर्माणका क्रममा नै उनिहरुले जिल्ला कृषि विकास कार्यालय बाट गएको टोलीलाई स्वागत पनि गरेका छन । मर्मपरिकाँडाको गुरुदासेमा मौरीको सम्भाव्यता अध्ययनका लागि गएको वरिष्ट कृषि विकास अधिकृत टेकप्रसाद लुइटेल सहितको टोलीलाई उनिहरुले स्वागत गरेका हुन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ