विवाह गर्ने प्रलोभनमा पारी ठगी गर्ने पक्राउ 

विवाह गर्ने प्रलोभनमा पारी ठगी गर्ने पक्राउ 

  • शनिबार, अशोज २, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

धादिङ, २ असोज
दैनिक पत्रिकामा विज्ञापन गरी ठगी गर्ने सोलुखुम्बु तिङ्ला–६ लामुमानेका २९ वर्षीय सन्तोष कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
कार्कीले दैनिक पत्रिकामा “२५ देखि ३० वर्ष डिभोर्स वा एकल खानदानी ईमान्दार महिलाले सिधा सम्पर्क” भनि फोन नम्वरसहित विज्ञापन गरी सम्पर्कमा आएका महिलालाई विवाह गर्ने प्रलोभनमा पारी नगद तथा सरसामान समेत लिई ठगी गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
काठमाडांै कोटेश्वरकी एक महिलावाट ६ लाख ३५ हजार रुपैयाँ ठगी गरी महानगरिय प्रहरी परिसर काठमाडौंमा उजुरी परेपश्चात कार्कीको खोजी भइरहेकोमा धादिङ धादिङवेशीस्थित एक महिलावाटसमेत यस्तै प्रकारको ठगी गर्ने नियतले आएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
उनले आफुलाई प्रकाश रानाभाट, प्रकाश थापा र घर मोरङ विराटनगर, चितवन, उदयपुर, ओखलढुङ्गा बताउँदै ठगी गरेका थिए । धादिङवेशीस्थित महिलावाट १८ हजार रुपैयाँ तथा सरसामान र शुक्रवार निज महिलावाट पोखरास्थित माछापुछ«्रे बैंकमा रहेको १० लाख रुपैयाँ निकाल्न लगाई लिने उद्देश्यका साथ आएकोमा निज महिलाको कोठावाटै उनी पक्राउ परेका थिए ।
कार्कीको साथबाट प्रहरीले अन्दाजी ४ तोला सुनका गरगहना, ४५ तोला चाँदीका गरगहना, १ थान मोवाइल, चश्मा र नगद ७ हजार ६ सय ५० रुपैयाँ बरामद गरेको छ । निजले बेग्लाबेग्लै ३ जना ब्यक्तिलाई ३ लाख २० हजार रुपैयाँ सापटी दिएको समेत प्रारम्भीक अनुसन्धानवाट खुल्न आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ