काठमाडौं, २ असोज ।
सविधान सभाले जारी गर्न लागेको संविधानले देशलाई निकास दिन नसक्ने भन्दै नेत्र विक्रमचन्द विप्लव नेतृतवको नेकपा माओवादीले सडकबाटै जनसविधान घोषणा गरेको छ ।
माओवादीका पोलिटब्यूरो सदस्य संतोष बुढामगरले काठमाण्डौं शान्तिबाटीकामा आयोजित प्रदर्शन र सभाको क्रममा एक पृष्ट लामो जनसविधानको आशय र मर्म सार्वजनिक गर्नु भएको हो ।
माओवादीले सार्वजनिक गरेको सविधान अनुसार जनसेना रहने, क्रान्तिकारी भूमि सुधार लागू गर्नु पर्ने, प्रत्यक्ष जनताले निर्वाचीत गरेको राष्ट्रध्यक्ष हुनु पर्ने लगायतका विषय समेटिएका छन् । सो घोषणा कार्यक्रममा बोल्दै माओवादी प्रवक्ता खड्ग बहादुर विश्वकर्माले जनयुद्ध र जनआन्दोलनको मर्म विपरीत ससदवादीहरुले ल्याएको सविधानले जनताको हित नगर्ने बताउनु भयो ।
उहाले एक थान सविधानका नाममा जनतालाई पुरानै कुरा लाद्ने विषय मान्य नहुने भन्दै यसको विरुद्ध आवस्यक परे क्रान्तिको झण्डा उठाउन आफूहरु तयार रहेको बताउनु भयो । सभामा हजारौँ समर्थक र कार्यकर्ताहरु सहभागि थिए ।
यसअघि राजधानीमा विभिन्न ठाउँबाट बाजागाजासहितको र्याली निकालेर शान्तिबाटीकामा पुगेर सभामा परिणत भएको थियो । त्यस्तै नेकपा माओवादीले देशभर देशका विभिन्न जिल्लाहरुमा र्याली सहितको प्रदर्शन गरेका छन् ।
भोलीको बन्द सफल पार्न पनि यस्तो प्रदर्शन भएको माओवादीको भनाई छ । संविधान प्रक्रियाको विरोध गर्दै आएको नेकपा माओवादीले भोली नेपाल बन्दको आह्वान गरेको छ ।
सविधान सभाको निर्वाचन बहिष्कार गरेको माओवादीले संविधान सभाको विघटन, सर्वपक्षीय सम्मेलन मार्फत राजनीतिक निकास निकाल्नु पर्ने माग गर्दै आएको छ ।