नेपाली जनताले ६५ वर्षदेखि देखेको सपना पूरा भयो : जेटियुसिसी

नेपाली जनताले ६५ वर्षदेखि देखेको सपना पूरा भयो : जेटियुसिसी

  • शनिबार, अशोज २, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौँ, २ असोज ।  

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र जेटियुसिसीले नेपालको संविधान, २०७२ प्रमाणीकरण भएकामा स्वागत गर्दै यसबाट नेपाली जनताले ६५ वर्षदेखि देखेको सपना पूरा भएको जनाएको छ ।

राजनीतिमा भएको ऐतिहासिक प्रगतिप्रति जेटियुसिसीले २० लाखभन्दा बढी श्रमिक हर्षित भएको भन्दै यसबाट राजनीतिक संक्रमणकाल अन्त्य, हालसम्मको आन्दोलन र संघर्षबाट प्राप्त उपलब्धि संस्थागत हुने विश्वास व्यक्त गरेको छ ।

जेटियुसिसीका अध्यक्ष विष्णु रिमालद्वारा आज जारी विज्ञप्तिमा संविधानले कुनै न कुनै रुपमा सबै तह र तप्काका जनताको आकांक्षालाई समेटेको भन्दै संविधान आजसम्मकै प्रगतिशील हुन पुगेको उल्लेख छ ।

कुनै पनि संविधान शतप्रतिशत पूर्ण नहुने भएकाले समयक्रममा सुधार हुने अपेक्षा जेटियुसिसीले गरेको छ । संविधान जारी हुने दिन आइतबार साँझ दीपावली गर्न र सोमबार विजय उत्सवमा भाग लिन जेटियुसिसीले सबैमा आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ