काठमाडौ २ असोज ।
भारतीय प्रधानमन्त्रीका विशेष दुतको सन्देश लगायतका विषयमा मुख्य तीन दलले संयुक्त पत्राकार सम्मेलन गर्ने भएका छन ।
अपरान्न चार बजे बालुवाटार स्थित प्रधानमन्त्री निवासमा हुने पत्रकार सम्मेलनमा तिन दलले आ आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् ।
आज बिहान बालुवाटारमा बसेको कांग्रेस, एमाले र एकिकृत नेकपा माओवादीका शिर्ष नेता सम्मिलित बैठकले भोलीका लागि तय गरिएको संविधान घोषणा समारोह, तराई मधेशमा जारी आन्दोलन, छिमेकी भारतको चाहना लगायतका विषयमा पत्रकार सम्मेलन गर्ने निर्णय गरेको हो ।
भारतीय प्रधानमन्त्रीको विशष दुतका रुपमा काठमाडौ आएका यस जयशंकरले हिजो राष्ट्रपति , प्रधानमन्त्री र विभिन्न दलका नेतालाई भेटेर मधेश केन्द्रित दललाई समेट्न भनी दिएको दवाव बारे छलफल गर्न प्रमुख तीन दलको बैठक बसेकोे थियो ।
सोही विषयमा बैठक केन्द्रित भएको बतायए पनि निर्णय भने सार्वजनिक गरिएको छैन । जय शंकरले मधेशको समस्या समाधन नभए भारत चुप लागेर नबस्ने धम्की दिएपछि तीन दल गम्भिर बनेका छन् ।