संसदीय व्यवस्था लाद्ने सविधान अस्वीकार्य छः विप्लव

संसदीय व्यवस्था लाद्ने सविधान अस्वीकार्य छः विप्लव

  • शनिबार, अशोज २, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

काठमाडौ २ असोज ।
नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदीय व्यवस्थालाई स्थायित्व दिने गरी ल्याएको संविधान आफूहरुलाई मान्य नहुने बताउनु भएको छ ।

राजधानीको बानेश्वरमा आज दलित राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुदै उहाले अहिलेको संविधान सभाबाट जारी हुने संविधानले जनचाहना समेट्न नसक्ने धारणा राख्नु भयो ।

कांग्रेस एमालेले विगतमा नेकपा माओवादीसँग गरेको सम्झौतालाई कुल्चिएर ल्याएको संविधानले जनभावनालई समेट्न नसक्ने महासचिव विप्लवको भनाई छ ।

उहाले जनविरोधी र राष्ट्रघाती संविधान आफूहरुलाई स्विकार्य नहुने बताउदै आवस्यक परे क्रान्तिको झण्डा उठाउन तयार रहेको बताउनु भयो ।

कार्यक्रममा माओवादी प्रवक्ता खड्ग बहादुर विश्वकर्मा लगायतका अन्य नेताहरु पनि सहभागी हुनुहुन्थ्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ